Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज

नेपालद्वारा पीएनजीलाई २७९ रनको लक्ष्य

नेपालद्वारा पीएनजीलाई २७९ रनको लक्ष्य

ओडीआईमा दीपेन्द्रको पहिलो अर्धशतक
  • शनिवार, चैत्र १२ २०७८

  • 556
    SHARES

  • नेपालद्वारा पीएनजीलाई २७९ रनको लक्ष्य

    काठमाडौं । नेपालका युवा ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीको शतकीय पारीमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा पपुवा न्यू गिनी (पीएनजी)लाई २७९ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्यटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७८ रन बनायो ।

    नेपालका लागि दिपेन्द्रले १०५ रनको शतकीय पारी खेले । १४० बल खेलेका उनले ७ चौका प्रहार गरे । दिपेन्द्र ४८ औं ओभरको पहिलो बलमा आउट भए । उनलाई नोरमान भानुवाले क्याच आउट भए ।

    नेपालका लागि देव खनालले एक दिवसीयमा पहिलो अर्धशतक प्रहार गरे । ८६ बल खेलेका उनले ४ चौका र ३ छक्काको सहयोगमा ७२ रन बनाए । देव ३१ औं ओभरको दोस्रो बलमा क्याच आउट भए । उनलाई पीएनजीका कार्लेश एमिनीले क्याच आउट गराए ।

    नेपालका लागि दिपेन्द्र र देव खनालले कीर्तिमानी साझेदारी गरे । तेस्रो विकेटका लागि उनीहरुले १२९ रनको साझेदारी गरे । नेपालका लागि १२९ रनको साझेदारी एकदिवसीय अन्तर्राष्ट्रियमा हालसम्मकै सर्वाधिक साझेदारी हो । यसअघि शुक्रबार भएको खेलमा आरिफ शेख र रोहित कुमार पौड्यलले १०४ रनको साझेदारी गरेका थिए ।

    नेपालका कप्तान सन्दीप लामिछानेले २४ रन बनाए । नेपालले ४८ औं ओभरको दोस्रो बलमा आफ्नो छैटौं विकेट गुमायो । नेपालका भिम सार्की २६ रन बनाएर आउट भए । सोही ओभरको अन्तिम बलमा नेपालले आफ्नो सातौं विकेट गुमायो । नेपालका आरिफ शेख ४ रन बनाएर रन आउट भए ।

    ४९ औं ओभरको पहिलो बलमा नेपालले आफ्नो आठौं विकेट गुमायो । नेपालका पवन सरार्फ खाता नखोली पेवेलियन फर्किए । यसअघि नेपालले ४० ओभरको चौथो बलमा आफ्नो चौथो विकेट गुमायो । नेपालका रोहित कुमार पौड्याल ३५ रन बनाएर पेवेलियन फर्किए । उनलाई काड सोपरले बोल्ड आउट गराए ।

    नेपालले पहिलो ओभरको पहिलो बलमा पहिलो विकेट गुमाएको थियो । नेपालका कुशल भुर्तेल रोयल डक भएका हुन् । उनलाई अलेइ नोवाले क्याच आउट गराएका हुन् ।

    नेपालले तेस्रो ओभरको पहिलो बलमा दोस्रो विकेट गुमायो । नेपालका अनिल शाह उनलाई नोवाले क्याच आउट गराए । शाहले मात्र १ रन बनाए ।

    नेपालले पहिलो इनिङमा बनाएको यो अहिलेसम्मकै उच्च योगफल हो। यसअघि ओमानविरुद्ध नेपालले कीर्तिपुर मैदानमै २४९÷८ रन बनाएको थियो। तर, त्यो खेल नेपालले गुमाएको थियो।


    शनिवार, चैत्र १२ २०७८०१:२४:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij