काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबमर(आज) सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । हिजो सोमवार १८ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज १६.०४ अङ्कले बढेर २६५०.७० विन्दुमा पुगेको छ ।
आज जलविद्युत् र फाइनान्सबाहेक अरू सबै समूहको शेयर बढेको छ । विकास बैंक, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज २३५ कम्पनीको ५३ लाख २९ हजार कित्ता शेयर दुई अर्ब ५१ करोड ८८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै प्रभु इन्सुरेन्स कम्पनीको १५ करोड ३३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
दोहोरो अङ्कले शेयर बढेको दिन इमर्जिङ नेपालको शेयर १० प्रतिशत र राष्ट्रउत्थान लघुवित्तको शेयर ६ प्रतिशतले बढेको छ । एभरेस्ट इन्सुरेन्स कम्पनीको शेयर भने सबैभन्दा धेरै साढे तीन प्रतिशतले घटेको छ ।