Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्युठानमा थप ७ सैनिक जवानमा कोरोना पुष्टि

प्युठानमा थप ७ सैनिक जवानमा कोरोना पुष्टि

  • मंगलवार, श्रावण २७ २०७७

  • 591
    SHARES

  • प्युठानमा थप ७ सैनिक जवानमा कोरोना पुष्टि

    काठमाडौं ।  घर विदा सकेर क्याम्प फर्किएका २१ जना सैनिक जवान मध्य २१ जना सबैमा कोरोना पुष्टि भएको छ।

    मंगलबार गरिएको स्वाव परिक्षणमा थप ७ जना सैनिक जवानमा कोरोना पुष्टि भएको हो। यसअघि सोमबार १४ जना सैनिक जवानमा कोरोना पोजेटिभ देखिएको थियो।

    ईन्द्रध्वज गण प्युठानको आन्तरिक क्वारेन्टिनमा बसेका ७ जना सैनिक जवानमा मंगलबार कोरोना देखिएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ। ७ जना सैनिक जवान र तीन जना अन्य व्यक्ति गरी थप १० जनामा कोरोना पुष्टि भएको हो।

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा गरिएकोमध्ये २५ देखि ३६ वर्ष उमेर समुहका छन्। जसमध्ये एकजना माण्डवी गाउँपालिका र २ जना जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका व्यक्तिमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख विशाल सुवेदीले जानकारी दिए।

    प्युठानमा सक्रीय संक्रमित ३८ जना भएका छन्।


    मंगलवार, श्रावण २७ २०७७०३:३१:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij