Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

यी व्यक्तिहरूले मात्र अब सीमा नाका र विमानस्थलमा कोरोना परीक्षण गर्नुपर्ने

यी व्यक्तिहरूले मात्र अब सीमा नाका र विमानस्थलमा कोरोना परीक्षण गर्नुपर्ने

  • आइतवार, चैत्र ६ २०७८

  • 748
    SHARES

  • यी व्यक्तिहरूले मात्र अब सीमा नाका र विमानस्थलमा कोरोना परीक्षण गर्नुपर्ने

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित नेपाल प्रवेश गर्ने सीमा नाकामा अब कोरोना भाइरसविरुद्धको खोप नलगाएका र लक्षण देखिएकाको मात्र स्वास्थ्य परीक्षण हुने भएको छ ।

    सरकारले पूर्ण खोप लगाएका तथा कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण नदेखिएकाहरुको भने स्वास्थ्य परीक्षण नगर्ने व्यवस्था गरेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले हेल्थ डेस्कहरुमा कोभिड १९ को पूर्ण खोप नलगाएका र कोभिड-१९ संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएकाको मात्र स्वास्थ्य परीक्षण हुने जानकारी दिए ।

    स्वास्थ्य मन्त्रालयले पूर्ण खोप प्राप्त नगरेका वा ७२ घन्टाको पीसीआर रिपोर्ट नेगेटिभ नभएका, पूर्ण खोप वा पीसीआर रिपोर्ट नेगेटिभ भए पनि कोभिड-१९ सँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिले नाकामा कोभिड-१९ परीक्षण गराउनुपर्ने बताएको छ ।

    यस्तै पूर्ण खोप नलगाएका ५ वर्षमुनिका बालबालिकामा पनि लक्षण देखिएमा नाकामा परीक्षण हुने छ ।

    साथै सीमानाका वा हवाई नाकामा खटिएका स्वास्थ्यकर्मीहरूले आवश्यक ठानेमा कोरोना परीक्षणलगायत अन्य संक्रामक रोगहरूको समेत परीक्षण गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

    हेर्नुस् स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचना:

     

    health_ministry_heoc.jpg


    आइतवार, चैत्र ६ २०७८०१:३८:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij