Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एमसीसीको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीलाई गृहमन्त्रीको आग्रह

एमसीसीको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीलाई गृहमन्त्रीको आग्रह

  • मंगलवार, चैत्र १ २०७८

  • 671
    SHARES

  • एमसीसीको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीलाई गृहमन्त्रीको आग्रह

    काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले संसदबाट पारित एमसीसीको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीलाई आग्रह गरेका छन्।

    उपभोक्ता हितकै लागि सरकारले एमसीसी संसदबाट पारित गराएको उल्लेख गर्दै मन्त्री खाँणले त्यसको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीलाई आग्रह गरेका हुन्।

    विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रेस फ्रिडम, मानव अधिकारको रक्षा र निर्वाचनको माध्यामबाट सरकार बनाउने मुलुकले मात्रै एमसीसी परियोजना प्रस्ताव गर्न पाउने भएकाले त्यसले देश र जनताको हित नहुने भन्ने प्रश्नै नउठ्ने तर्क गरे।

    एमसीसी परियोजना घरघरमा विजुली पुर्‍याउनका लागि ट्रान्समिसन लाईन बनाउने परियोजना भएको भन्दै गृहमन्त्री खाँणले त्यसमा कसरी राष्ट्रघात भयो भनि प्रश्न गरे। उनले केहीले एमसीसी आए अमेरिकी सेना र गोलाबारुद्ध आउने आशंका गरेकोमा पनि आपत्ति जनाए।

    विजुलीको ट्रान्समिसन लाईन बनाउने सो परियोजनाबाट अमेरिकी सेना र गोलाबारूद्ध नआउने उनको भनाई थियो।

    ‘सबैको सहमतीबाटै एमसीसी प्रस्ताव पास भएको छ। एमसीसीबारे धेरै नै प्रतिक्रिया आयो। संसदबाट पास गर्नुभन्दा अगाडि धेरै प्रतिक्रियाहरु आए। तर हामीलाई यो एमसीसी प्रस्ताव पारित गर्नै पर्‍यो। किनकि, अमेरिकाले नेपालजस्ता गरिवी मुलुकहरुको गरिवी निवारणका लागि र रोजगारी वृद्धिका लागि, भौतिक पूर्वाधारको विकासका लागि सम्बन्धित मुलुकले प्रस्तावित गरेको परियोजनालाई स्वीकृत गरेर नै विभिन्न देशहरुमा एमसीसी आउने हो’, उनले भने।

    एमसीसी प्रस्ताव प्रर्पोज गर्ने मुलुकमा केही सर्तहरु रहेको भन्दै उनले भने, ‘सर्तहरू पुरा भएका देशले मात्रै यो एमसीसी परियोजना ल्याउन प्रस्ताव गर्न पाउँछन्। त्यो त नेपालकै हितमा भयो। नेपालको प्रेसले प्रेस फ्रिडम पाउनु नेपालको पत्रकारको हितमा भयो। नेपालमा चुनावबाट सरकार बन्नु नेपाली जनताको चाहना त्यही हो। मताधिकारको सदूपयोग होस्। मानव अधिकारको पालना हामी सबैको चाहना हो।’

    गृहमन्त्री खाँणले उपभोक्ता हितलाई ध्यानमा राखेर सरकारले विजुलीको खपत बढाउने र पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्दै लैजाने नीति लिएको पनि स्पष्ट पारे।

    उनले आफूहरू राष्ट्रवादी भएको भन्दै हामी सबै नेपाली रह्यौ भने नेपाल जोगाउन सक्ने बताए।

    ‘म उपभोक्ताज्यूलाई ध्यानाकर्षण गराउन चाहन्छु। हामी सबै नेपालका नागरिकहरु राष्ट्रवादी हौं। नेपाल रहे, हामी नेपाली रहन्छौं। हामी सबै नेपाली रह्यौं भने नेपाल जोगाउन सक्छौं। अब एउटा सानो–सानो ईस्यूले राष्ट्रवादी व्याख्यात्मक घोषणा थप गर्ने वित्तिकै राष्ट्रवादी’, उनले अगाडि भने, ‘उता, माईतीघर विरोध प्रर्दशन। तपाईहरुले सरकारलाई धन्यवाद दिनुपर्ने हो। त्यो पनि उपभोक्ता अधिकार भित्रकै कुरा हो। बाटो बनाएको छ । ढुंगो र इँटाले हानेको छ। ५० जना प्रहरी घाईते भएका छन । एमसीसी पास गरेर सरकारले राम्रै गर्‍यो भनिदिनु पर्‍यो नि।’


    मंगलवार, चैत्र १ २०७८०३:३६:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij