Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोनाका लागि सरकारको कामभन्दा नागरिकको सतर्कता बढी प्रभावकारी हुन्छ : डा शेरबहादुर पुन

कोरोनाका लागि सरकारको कामभन्दा नागरिकको सतर्कता बढी प्रभावकारी हुन्छ : डा शेरबहादुर पुन

  • मंगलवार, श्रावण २७ २०७७

  • 670
    SHARES

  • कोरोनाका लागि सरकारको कामभन्दा नागरिकको सतर्कता बढी प्रभावकारी हुन्छ : डा शेरबहादुर पुन

    काठमाडौं ।सरुवा रोग विषेशज्ञ डा. शेरबहादुर पुनले कोरोना नियन्त्रणका लागि हरेक व्यक्तिले जनस्वास्थ्य मापदण्ड पालना गर्नु पर्नेमा जोड दिनुभएको छ ।

    कोरोनाबाट बच्नका लागि अपनाउनु पर्ने उपायहरु अपनाइयो भने लकडाउनको आवश्यकता नपर्ने उहाँको भनाई छ । डा. पुनले लकडाउन अचुक र अन्तिम उपाय नभएकाले लकडाउनको बैकल्पीक उपायहरु अपनाउन आह्वान गर्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उहाँले भन्नुभयो, “हामीले केही कुरा पलना गर्यौ भने लकडाउन आवश्यक छैन, लकडाउन गराउने नै नियम पालनाका लागि हो, आम नागरिकले जनस्वास्थ्य मापदण्ड तथा त्यस सम्वन्धी नियम पालना गर्न ध्यान दिऔँ ।”

    उहाँले विगतमा तीन महिना लकडाउन गर्दा पनि आउने जाने क्रम नरोकिएको र सतर्कता नअपनाइएकाले प्रभावकारी हुन नसकेको बारेमा समिक्षा गर्नु पर्नेमा जोड दिनुभयो ।

    “लकडाउन गर्नै परेपनि तयारी र योजनासहित छोटो समयका लागि मात्र गर्नु ठिक होला, कोरोनाभाइरसशुन्यमा जाला र बाहिर आउला भनेर लकडाउन गर्नु अवैज्ञानिक हुन्छ,” उहाँले भन्नुभयो ।

    उहाँले हरेक नागरिकले आफै बाहिर नजाने, मास्क लगाउने, सावुन पानीले हात धुने, सामाजिक दुरी कायम गर्नेलगायतका नियमहरु पालना गरे कसैलाई गुहार्नु नपर्ने र कोरोना आफै नियन्त्रण हुने दावी गर्नुभयो ।

    डा पुनले भन्नुभयो, “जनस्वास्थ्यको मागदण्डमा लापर्वाही गर्ने, तर आइसियु मात्रै खोजेर वा बनाएर मात्रै हुदैन । सरोकारवालाले गर्ने काम आफ्नो ठाउँमा छ, तर हामीले पनि आफ्नो तर्फबाट अपनाउनु पर्ने सतर्कता अपनाइयो भने धेरै नियन्त्रण हुन्छ ।”

    उहाँले कोरोना नियन्त्रणका लागि सरकारले गर्ने कामभन्दा आम नागरिकले अपनाउने सतर्कता बढी प्रभावकारी र अर्थपूर्ण हुने दावी पनि गर्नुभयो ।


    मंगलवार, श्रावण २७ २०७७०८:२७:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij