Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एमसीसीबारे माधवको प्रतिवेदन : ओलीका सबै शर्त मान्न देउवा तयार भइसकेका थिए (पूर्णपाठ)

एमसीसीबारे माधवको प्रतिवेदन : ओलीका सबै शर्त मान्न देउवा तयार भइसकेका थिए (पूर्णपाठ)

  • बुधवार, फाल्गुण २५ २०७८

  • 2.6K
    SHARES

  • एमसीसीबारे माधवको प्रतिवेदन :  ओलीका सबै शर्त मान्न देउवा तयार भइसकेका थिए (पूर्णपाठ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीको विपक्षमा लाग्दा पार्टी र गठबन्धन नै भत्किने र आफूहरुका साथै सभामुखको समेत पद धरापमा पर्ने भएपछि बाध्यात्मकरूपमा व्याख्यात्मक टिप्पणीसहित पारित गर्नुपरेको प्रतिवेदन पेस गरेका छन् ।

    एमसीसीका सन्दर्भमा भ्रम र यथार्थ प्रष्ट पार्न केन्द्रीय कमिटीको जारी बैठकमा नेपालले पेस गरेको ११ पृष्ठको प्रतिवेदनमा आफूहरूले एमसीसी पारित नगर्दा नेपाली कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका सबै शर्त पूरा गर्न तयार भइसकेकाले ठूलो संकटबाट पार लगाइएको उल्लेख छ ।

    प्रतिवेदनमा नेपालले भनेका छन्, ‘नेपाली कांग्रेस एमसीसीलाई जस्ताको तस्तै पारित गर्ने निर्णयमा पुग्नु र केपी ओलीले त्यसका लागि आफ्ना शर्तमा कांग्रेसलाई झुकाएर सम्झौता पारित गराउने षडयन्त्र गरिरहेको परिस्थितिमा हामीले उपयुक्त निर्णयमा पुग्ने बुद्धिमता देखाउनै पर्थ्यो । एमसीसी पारित गर्नका लागि ओलीले सभामुखलाई तत्काल हटाउनु पर्ने, नेकपा एकीकृत समाजवादीका चौध जना सांसदहरूलाई पदमुक्त गर्नुपर्ने, नेकपा एकीकृत समाजवादीको दर्ता खारेजीका लागि आवश्यक कदम चाल्नुपर्ने, प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्ताव फिर्ता लिनुपर्ने, वर्तमान गठबन्धन तोडी कांग्रेस–एमाले गठबन्धन बनाउनुपर्ने, प्रदेश सरकारमा आफ्नो शक्ति अनुसार मुख्यमन्त्री पाउनुपर्ने लगायतका शर्तहरू प्रधानमन्त्रीसमक्ष राख्ने काम गरेका थिए । एमसीसी पारित गराउन नेपाली कांग्रेसले पनि करिब–करिब सबै शर्तहरू मान्न तयार भइसकेको थियो ।

    हेर्नुहोस् बैठकमा पेस गरेको माधव नेपालको प्रतिवेदनको पूर्णपाठ :

    mcc-pratibedhan-1.jpg

    mcc-pratibedhan-2.jpg

    mcc-pratibedhan-3.jpg

    mcc-pratibedhan-4.jpg

    mcc-pratibedhan-5.jpg

    mcc-pratibedhan-6.jpg

    mcc-pratibedhan-7.jpg

    mcc-pratibedhan-8.jpg

    mcc-pratibedhan-9.jpg

    mcc-pratibedhan-10.jpg

     

     


    बुधवार, फाल्गुण २५ २०७८०२:४४:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij