Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अभिनेता सञ्जय दत्त अस्पतालबाट डिस्चार्ज

अभिनेता सञ्जय दत्त अस्पतालबाट डिस्चार्ज

  • सोमवार, श्रावण २६ २०७७

  • 712
    SHARES

  • अभिनेता सञ्जय दत्त अस्पतालबाट डिस्चार्ज

    एजेन्सी । अभिनेता सञ्‍जय दत्त लीलावटी अस्पतालबाट सोमबार डिस्चार्ज भएर घर फर्किएका छन् ।  छाती र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई शनिबार अस्पतालमा भर्ना गरिएको थियो । उनलाई अस्पतालमा (इन्टेन्सिभ केयर) मा राखेर उपचार गरिएको थियो ।

    अक्सिजनको स्तरमा कमी आएका कारण उनलाई अस्पतालमै राखी उपचार गरिएको थियो । सञ्‍जयको उपचार गरिरहेका डा. जलिल पारकरले सञ्‍जयको अक्सिजनस्तर नरमल भएको जानकारी दिएका छन् । जसपश्चात उनलाई डिस्चार्ज गरिएको डा.पारकरले पुष्टि गरेका हुन् ।

    सञ्जयलाई अस्पताल लग्ने वितिकै कोरोनाको शंकामा परिक्षण पनि गराइएको थियो । तर कोरोना रिर्पोट नेगेटिभ आएको हो । इन्डियन एक्सप्रेस


    सोमवार, श्रावण २६ २०७७०७:०१:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij