Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एसईई नतिजा प्रकाशन गर्ने तयारी

एसईई नतिजा प्रकाशन गर्ने तयारी

  • मंगलवार, आषाढ १६ २०७७

  • 1.4K
    SHARES

  • एसईई नतिजा प्रकाशन गर्ने तयारी

    एसईई नतिजा प्रकाशन गर्ने तयारी

    राष्ट्रिय परीक्षा बोर्डले विद्यालयलाई असार २० गतेभित्र माध्यमिक शिक्षा परीक्षा एसईईको प्राप्तांक तालिका शिक्षा विकास तथा समन्वय इकाईमा पठाउन निर्देशन दिएको छ ।
    बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले आगामी साउन १५ गतेभित्र एसईई नतिजा प्रकाशन गर्ने लक्ष्य अनुसार विद्यालयलाई ताकेता गरिएको बताउनुभयो ।
    माध्यमिक शिक्षा परीक्षा कक्षा १० को विद्यार्थी मूल्यांकन नतिजा प्रकाशन तथा प्रमाणिकरण कार्यविधि, २०७७’ सबै विद्यालयले आफ्ना विद्यार्थीको मूल्यांकन गरी तालिका पठाउनु पर्नेछ ।
    आ–आफ्नो विद्यालयको कोड राखी एक्सेल फम्र्याटमा विद्यार्थीले प्राप्त गरेको प्राप्तांक क्रमशः इन्ट्री गरी मूल्यांकन समितिले तयार गरेको प्रमाणित प्राप्तांक तालिका (मार्क लेजर) असार २० गतेभित्र अनिवार्य रूपमा शिक्षा विकास तथा समन्वय इकाईमा बुझाउनु पर्नेछ ।’
    त्यसैगरी समन्वय इकाईहरूले विद्यालयबाट प्राप्त प्राप्तांक विवरण र मूल्यांकन समितिद्वारा प्रमाणित गरी पठाएको ‘मार्क लेजर’ भिडाएर प्रयोगात्मक र सैद्धान्तिक अंकसहित असार ३० गतेभित्र परीक्षा बोर्डमा पठाइसक्नु पर्नेछ ।


    मंगलवार, आषाढ १६ २०७७०७:२४:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij