Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आज संसद बैठक बस्दै, एमसीसी छलफलको कार्यसूचीमा

आज संसद बैठक बस्दै, एमसीसी छलफलको कार्यसूचीमा

  • आइतवार, फाल्गुण १५ २०७८

  • 819
    SHARES

  • आज संसद बैठक बस्दै, एमसीसी छलफलको कार्यसूचीमा

    काठमाडौं । बारम्बार स्थगित हुँदै आएको प्रतिनिधि सभा बैठक आज (आइतबार) बस्दैछ । आज दिउँसो एक बजे बस्ने बैठकमा अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी छलफल हुने छ ।

    आजको प्रतिनिधि सभाका लागि दुईवटा सम्भावित कार्यसूची रहेका छन् । जसमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

    सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान सहायता सम्झौतामाथि छलफल हुने उल्लेख छ । उक्त प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नेछन् ।

    यसअघि प्रधानमन्त्री देउवाको आग्रहमा बिहीबारका लागि तोकिएको बैठक शुक्रबार दिउँसो एक बजेका लागि सारिएको थियो । शुक्रबारको बैठकअघि एमसीसीको विषयमा सहमति नभएपछि बैठक आइतबारका लागि सारिएको हो ।

    गत आइतबारको बैठकमा सरकारले एमसीसी सम्झौता टेबल गरेको थियो । एमसिसी सम्झौताअनुसार यही फागुन १६ गतेसम्म उक्त प्रस्ताव संसद्बाट अनुमोदन गरिसक्नुपर्छ ।

    ठूला राजनीतिक दलमध्ये कांग्रेस स्पष्ट रुपमा खुलेर एमसिसीका पक्षमा देखिएको छ । एमसीसी संसदबाट अनुमोदन गराउन कांग्रेसले दौडधुप गरिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवादेखि नेता रामचन्द्र पौडेलसम्म भेटघाटमा सक्रिय भएका छन् ।

     


    आइतवार, फाल्गुण १५ २०७८०६:५८:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij