Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

खोप किन्न विश्व बैंकसँग २ अर्ब १४ करोडको ऋण सम्झौता

खोप किन्न विश्व बैंकसँग २ अर्ब १४ करोडको ऋण सम्झौता

  • शुक्रवार, फाल्गुण १३ २०७८

  • 497
    SHARES

  • खोप किन्न विश्व बैंकसँग २ अर्ब १४ करोडको ऋण सम्झौता

    काठमाडौं । कोभिडविरुद्धको खोप खरिद गर्न सरकारले विश्व बैंकसँग २ अर्ब १४ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौता गरेको छ ।

    शुक्रबार अर्थ मन्त्रालयमा सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद(जर्भोसले सम्झौतामा हस्ताक्षर गरे ।

    पाँच वर्षभन्दा माथिका सबै नेपालीलाई खोप व्यवस्था गर्न उक्त ऋण रकम खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ । ‘कोभिड १९ महामारीले सिर्जना गरेको निरन्तर बदलिंदो परिस्थितिहरूमा समेत नेपालले प्रभावकारी रूपमा प्रतिकार्य जारी राखेको छ’,हस्ताक्षर समारोहमा अर्थ सचिव मरासिनीले भने, ‘यस दोस्रो अतिरिक्त वित्तपोषणले बालबालिकाहरूमा खोपको पहुँच विस्तार गर्ने नेपालको पहलमा थप टेवा प्रदान गर्नेछ ।’

    ऋण सम्झौतामा हस्ताक्षर गर्दै विश्व बैंकका नेपाल, माल्दिभ्स एवम् श्रीलंकाका लागि राष्ट्रिय निर्देशक जर्भोसले विश्व बैंकले दिन लागेको थप ऋण सहायताबाट नेपालको ठूलो जनसंख्यालाई खोप व्यवस्था गर्न पुग्ने विश्वास व्यक्त गरे ।

    ‘कोरोना भाइरसको विभिन्न उत्परिवर्तित रूपहरूले अर्थतन्त्र तथा सामान्य जीवनयापनमा समेत समस्या सिर्जना गरिरहेका बेला यस किसिमको वित्तीय सहायता महत्वपूर्ण हुन्छ,’ जर्भोसले भने ।


    शुक्रवार, फाल्गुण १३ २०७८०४:२१:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij