Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सत्तारुढ दलहरुको नयाँ समझदारी : एमसीसी पास गरी गठबन्धन जोगाउने सहमती

सत्तारुढ दलहरुको नयाँ समझदारी : एमसीसी पास गरी गठबन्धन जोगाउने सहमती

  • शुक्रवार, फाल्गुण १३ २०७८

  • 1.2K
    SHARES

  • सत्तारुढ दलहरुको नयाँ समझदारी : एमसीसी पास गरी गठबन्धन जोगाउने सहमती

    काठमाडौं । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले गठबन्धन जोगाउने र अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)ले अनुमोदन पनि गर्न दिने बाटो रोजेका छन् ।

    एमसीसीकै कारण गठबन्धन टुट्ने अवस्था आएपछि दुवै दल विपक्षमा मत दिने अडानबाट पछि हटेका हुन् र अब उनीहरुले एमसीसी अनुमोदनका लागि निर्णयार्थ पेश गर्दा अनुमोदनका लागि सहज वातावरण बनाउन संसद बहिष्कार गर्ने छन् । उनीहरुले यो जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराइसकेका छन् ।

    ‘अहिले गठबन्धन जोगाउनैपर्ने भएकाले एमसीसी अनुमोदनका लागि निर्णयार्थ प्रस्तुत हुँदा हामीले बहिष्कार गरेर सहयोग गर्नुपर्ने भयो,’ माओवादी केन्द्रका एक नेताले भने, ‘प्रधानमन्त्रीज्यूलाई यो जानकारी गराइसकिएको छ । सम्भवतः संसदको आगामी बैठकमा एमसीसी अनुमोदन हुन्छ ।’

    प्रतिनिधिसभा बैठक आउँदो १५ गतेका लागि बोलाइएको छ ।


    शुक्रवार, फाल्गुण १३ २०७८०१:३८:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij