Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कार्यव्यवस्था बैठक सकियो, संसदमा एमसीसीमाथि छलफल हुने

कार्यव्यवस्था बैठक सकियो, संसदमा एमसीसीमाथि छलफल हुने

  • बिहिवार, फाल्गुण १२ २०७८

  • 474
    SHARES

  • कार्यव्यवस्था बैठक सकियो, संसदमा एमसीसीमाथि छलफल हुने

    काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि बिहीबारको प्रतिनिधिसभा बैठकमा छलफल हुने भएको छ ।

    सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिले एमसीसीमाथि संसदमा छलफल गर्ने टुंगो लगाएको हो ।

    बैठकमा देव गुरुङसहित नेकपा माओवादी केन्द्रका प्रतिनिधिहरुले एमसीसीको विरोधी जनमत रहेको भन्दै संसदमा छलफल रोक्न माग गरेका थिए । तर सरकार र नेपाली कांग्रेसका प्रतिनिधिहरुले छलफल गर्नुपर्छ भनेका थिए ।

    बैठकमा सहभागी माओवादी केन्द्रकी नेतृ रेखा शर्माले संसदमा एमसीसी सम्झौतामाथि छलफल हुने र आफूहरुले पनि भाग लिने बताइन् ।

    ‘एमसीसीमाथि छलफलमा भाग लिन्छौं तर पारित गरियोस् भन्ने प्रस्तावलाई के गर्ने भन्नेबारे पार्टीमा छलफल भएको छैन’ उनले भनिन् ।


    बिहिवार, फाल्गुण १२ २०७८०१:५७:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij