काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा चर्किएको सडक आन्दोलनमा प्रहरीले गोली चलाएको छ ।
बानेश्वर क्षेत्रमा भइरहेको प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले रबरको गोली चलाएको हो । अहिले पनि विजुलीबारदेखि बानेश्वरसम्मको क्षेत्र तनावग्रस्त छ ।
एमसीसी सम्झौता संसदमा टेबल गर्ने दलहरुको निर्णयको विरोधमा प्रदर्शनकारीले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन केन्द्रित गरेका थिए । एमसीसीको विरोधमा उत्रेका प्रदर्शनकारीहरूलाई यसअघि पनि प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै पानीको फोहोरा फ्याँकेको छ । यस क्रममा केही प्रदर्शनकारी र प्रदर्शनकारी घाइते भएका छन् ।
प्रदर्शनमा सत्तारुढ माओवादी केन्द्र र नेकपा समाजवादीसहित विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू सहभागी छन् ।