Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एमसीसीविरुद्ध प्रदर्शन : बानेश्वर क्षेत्रमा यातायात अस्तव्यस्त

एमसीसीविरुद्ध प्रदर्शन : बानेश्वर क्षेत्रमा यातायात अस्तव्यस्त

  • शुक्रवार, फाल्गुण ६ २०७८

  • 955
    SHARES

  • एमसीसीविरुद्ध प्रदर्शन : बानेश्वर क्षेत्रमा यातायात अस्तव्यस्त

    काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) विरुद्धको सडक प्रदर्शनले काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा यातायात व्यवस्था अस्तव्यस्त बनेको छ ।

    विभिन्न दलहरूले एमसीसीविरुद्ध प्रदर्शन गर्दा यातायात अस्तव्यस्त भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले सडक प्रदर्शनका कारण यातायात अस्तव्यस्त बनेको बताए ।

    ‘‘बानेश्वर क्षेत्रमा यातायात अस्तव्यस्त बनेको छ । व्यवस्थापन गरिरहेका छौँ,” उनले भने, ‘‘माइतीघर–नयाँ बानेश्वर, नयाँ बानेश्वर–कोटेश्वर, गौशाला क्षेत्रमा यातायात प्रभावित छ ।”

    सडकमा टायर समेत बालेर प्रदर्शन गरिएको छ । प्रदर्शनकारीले एमसीसीविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् ।

    मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९क्रान्तिकारी माओवादी०, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (मसाल) लगायत दल र मोर्चाले संयुक्त रूपमा प्रदर्शन गरिरहेका हुन् ।


    शुक्रवार, फाल्गुण ६ २०७८०२:४१:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij