Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आज एमसीसी टेबल नहुने, अन्तिम छलफल गर्न भोलि गठबन्धनको बैठक बोलाइयो

आज एमसीसी टेबल नहुने, अन्तिम छलफल गर्न भोलि गठबन्धनको बैठक बोलाइयो

  • बुधवार, फाल्गुण ४ २०७८

  • 597
    SHARES

  • आज एमसीसी टेबल नहुने, अन्तिम छलफल गर्न भोलि गठबन्धनको बैठक बोलाइयो

    काठमाडौँ । एमसीसीबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बोलाइएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भोलि ३ बजेका लागि बैठक बोलाइएको हो ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले एमसीसीबारे अन्तिम छलफल गर्न बिहीबार दिउँसो ३ बजेका लागि गठबन्धन बैठक तय भएको जानकारी दिए ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आजै प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफलबाट गठबन्धन बैठक बोलाउने सहमति भएको हो ।

    प्रचण्डसँगको छलफलपछि प्रधानमन्त्री देउवा आज एमसीसी टेबल नगर्न समेत सहमत भएका थिए ।


    बुधवार, फाल्गुण ४ २०७८०१:०८:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij