Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जागिर मिलाइदिन्छु भन्दै करिब १९ लाख ठगी गरेको आरोपमा पक्राउ

जागिर मिलाइदिन्छु भन्दै करिब १९ लाख ठगी गरेको आरोपमा पक्राउ

  • मंगलवार, फाल्गुण ३ २०७८

  • 683
    SHARES

  • जागिर मिलाइदिन्छु भन्दै करिब १९ लाख ठगी गरेको आरोपमा पक्राउ

    काठमाडौं । आफूलाई संयुक्त राष्ट्र९यूएन०को ईन्जिनियर भन्दै त्यही जागिर लगाइदिने प्रलोभन देखाई विभिन्न व्यक्तिहरूबाट नगद १८ लाख ८५ हजार रुपैयाँ ठगी गरी फरार रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

    प्रहरीले डोटीको साबिक तोलेनी गाविस बस्ने २६ वर्षीय दिनेश सिंहलाई सोमबार बिहान पक्राउ गरेको हो । दिनेशले विभिन्न मितिमा कास्की पोखराबाट उक्त रकम ठगी गरी फरार भएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीसँगको समन्वयमा बुटवल उपमहानगरपालिका(९ मिलनचोकबाट पक्राउ गरेको हो ।

    प्रहरीले उनको साथबाट एक थान ल्याप्टप, दुई थान मोबाइल, पहेलो रंगको एक थान सिक्री, एक थान औंठी, विभिन्न कम्पनीको ६ थान सिम, १० थान नेपाल राष्ट्र बैंकको कार्ड होल्डर पनि बरामद गरेको छ । साथै विभिन्न व्यक्तिको नागरिकताको प्रतिलिपी, ठगी गर्ने प्रयोजनको लागि बनाएका विभिन्न कागजात र नगद ६७ हजार रुपैयाँसमेत बरामद गरेको छ ।

    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    मंगलवार, फाल्गुण ३ २०७८०५:५९:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij