Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एमसीसीको विरोधमा २२ वामपन्थी दल र केही राजनीति मोर्चाले प्रदर्शन गर्ने

एमसीसीको विरोधमा २२ वामपन्थी दल र केही राजनीति मोर्चाले प्रदर्शन गर्ने

  • शनिवार, माघ २९ २०७८

  • 595
    SHARES

  • एमसीसीको विरोधमा २२ वामपन्थी दल र केही राजनीति मोर्चाले प्रदर्शन गर्ने

    काठमाडौं – एमसीसीको विरोधमा २२ वामपन्थी दल र केही राजनीति मोर्चाले राजधानीमा विरोध प्रदर्शन गर्ने भएका छन् । सोमबार हुने विरोध प्रदर्शनमा सहयोग र सहभागिताका लागि ती दल र मोर्चाले अपील गरेका छन् ।

    राजधानीको माइतीघरदेखि नयाँ वानेश्वरसम्म हुने विरोध र्‍यालीमा नेकपा माले, नेकपा (संयुक्त), नेकपा (मालेमा केन्द्र) लगायतका २२ वामपन्थी, मोर्चा, अभियान र संगठनको सहभागिता रहने पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले शनिबार एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

    मैनालीले विरोध र्‍यालीमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् । विरोध प्रदर्शनको पूर्वसन्ध्यामा फागुन १ गते बागबजार चोकदेखि शान्तिबाटिका सम्म मसाल जुलुस समेत आयोजना गरिएको विज्ञप्तिमा जनाइएको छ ।


    शनिवार, माघ २९ २०७८०४:१७:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij