Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

गण्डकी सरकारले बढायो सार्वजनिक यातायातको भाडा

गण्डकी सरकारले बढायो सार्वजनिक यातायातको भाडा

  • शनिवार, माघ २९ २०७८

  • 880
    SHARES

  • गण्डकी सरकारले बढायो सार्वजनिक यातायातको भाडा

    काठमाडौँ । गण्डकी प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । प्रदेशभित्र चल्ने सार्वजनिक गाडीको भाडा वृद्धि गरिएको गण्डकी प्रदेश सरकारले जनाएको छ ।

    प्रदेश सरकारको कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै भोलिदेखि लागू हुने गरी नयाँ भाडादर निर्धारण गरेको हो । प्रदेशभित्र एक जिल्लाबाट अर्को जिल्ला गुड्ने बसमा प्रतिकिलोमिटर २ रुपैयाँ १० पैसा भाडा निर्धारण गरिएको छ ।

    यस्तै जीपमा प्रतिकिलोमिटर साढे पाँच रुपैयाँ, ट्रकमा सामान ओसार्न प्रतिकिलोमिटर प्रतिटन ११ रुपैयाँ ७२ पैसा लाग्ने छ । सिटी बसमा चढ्दा पहिलो तीन किलोमिटरभित्र २० रुपैयाँ र तीन किलोमिटरपछि प्रतिकिलोमिटर साढे दुई रुपैयाँ भाडा दर तोकिएको छ ।

    २० किलोमिटरभन्दा बढी दूरीमा भने प्रतिकिलोमिटर साढे दुई रुपैयाँको दरले भाडा कायम गरिएको छ । प्रदेश सरकारले भोलिदेखि लागू हुनेगरी गाडी भाडा बढाएको भए पनि यातायात व्यवसायीले भने यसअघि नै भाडा बृद्धि गरिसकेका छन् ।


    शनिवार, माघ २९ २०७८०८:२६:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij