Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमसीसीमा संसदबाटै निकास खोज्ने र चुनावमा गठबन्धन नगर्ने शेखर कोइरालाको भनाइ

एमसीसीमा संसदबाटै निकास खोज्ने र चुनावमा गठबन्धन नगर्ने शेखर कोइरालाको भनाइ

  • शुक्रवार, माघ २८ २०७८

  • 615
    SHARES

  • एमसीसीमा संसदबाटै निकास खोज्ने र चुनावमा गठबन्धन नगर्ने शेखर कोइरालाको भनाइ

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा राजनीतिक दलहरुबीच सहमति नभए पनि संसदीय प्रक्रियाबाट निकास दिनुपर्ने बताएका छन् ।

    शुक्रबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आफ्नो लिखित धारणा राख्दै डा। कोइरालाले एमसीसीलाई सम्भव भए राजनीतिक दलहरुको सहमतिबाट र सहमति नभए संसदीय प्रक्रियामार्फत निकास दिनुपर्ने बताएका हुन् ।

    अहिलेको गठबन्धनमा एमसीसीका विषयमा सहमति नजुट्ने र संसदीय प्रक्रियामा पनि लान नदिने हो भने गठबन्धन, सरकार, नेपाली कांग्रेस र संसदको क्षमतामाथि नै प्रश्न उठ्ने उनले बताए ।

    नेता कोइरालाले आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसले एक्लै चुनाव लड्नुपर्ने बताएका छन् ।


    शुक्रवार, माघ २८ २०७८०४:४३:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij