Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु

काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु

  • बिहिवार, माघ २७ २०७८

  • 581
    SHARES

  • काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु

    काठमाडौं – नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ । दिउँसो १ बजे बैठक बोलाइए पनि ढिलो गरी बैठक सुरु भएको हो ।

    नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनपछि ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेका थिए । समितिमा १३ पदाधिकारी, पूर्व पदाधिकारी तथा सभापतिले मनोनयन गरेका प्रभावशाली केन्द्रीय सदस्यहरू छन् ।

    स्थानीय तहको निर्वाचन, अमेरिकी सहयोग परियोजना एमसीसी, म्याद सकिएका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको महाधिवेशनका विषयमा छलफल गर्ने एजेन्डा रहेको प्रवक्ता डा।प्रकाशशरण महतले जानकारी दिए ।

    बैठकमा संस्थापन इतर समूहले बैठकमा आगामी निर्वाचनमा पाँच दलीय गठबन्धन तोडेर एक्लै चुनावमा जानुपर्ने प्रस्ताव गर्ने भएको छ । दुई दिन लगातार बसेको इतर समूहको बैठकले कांग्रेस एक्लै चुनावमा जानुपर्ने निष्कर्ष निकालेको हो ।


    बिहिवार, माघ २७ २०७८०३:३९:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij