Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

वीरगञ्ज नौ प्रहरीसहित थप ७५ जना कोरोना संक्रमित थपिए

वीरगञ्ज नौ प्रहरीसहित थप ७५ जना कोरोना संक्रमित थपिए

  • आइतवार, श्रावण २५ २०७७

  • 564
    SHARES

  • वीरगञ्ज नौ प्रहरीसहित थप ७५ जना कोरोना संक्रमित थपिए

    वीरगञ्ज । नारायणी अस्पतालको प्रयोगशालामा हिजो राति गरिएको परीक्षणमा ९ जना प्रहरीसहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख अरुणकुमार महतोमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    संक्रमितमध्ये ३ जना बारा र एक जना सर्लाहीका हुन् । १५ जना महिलासहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जानकारी दिनुभयो ।

    ८ जना संक्रमितमा ज्वरो र खोकीको लक्षण देखिएको छ । ७५ जना संक्रमितमध्ये २९ जना कन्ट्याक्ट ट्रेसिङको क्रममा कोरोना पोजिटिभ देखिएका हुन् ।

    वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका एक जना कर्मचारीमा पनि कोरोना पोजिटिभ देखिएको छ ।

    महानगरपालिका स्वास्थ्य प्रमुख अरुण महतोले यसअघि संक्रमित पुष्टि भइसकेका वीरगञ्जका मेयर विजयकुमार सरावगी र प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौलाको निरन्तर सम्पर्कमा रहेर काम गरेको बताइएको छ ।

    साउन यता पर्सामा ८ सय ३८ नयाँ संक्रमित थपिएका छन् ।


    आइतवार, श्रावण २५ २०७७०२:२२:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij