Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कर्णाली पनि मन्त्रीपरिषद् विस्तार हुँदै, बीसी र शाहीलाई सरकारमा पठाउने कांग्रेसको निर्णय

कर्णाली पनि मन्त्रीपरिषद् विस्तार हुँदै, बीसी र शाहीलाई सरकारमा पठाउने कांग्रेसको निर्णय

  • आइतवार, माघ २३ २०७८

  • 700
    SHARES

  • कर्णाली पनि मन्त्रीपरिषद् विस्तार हुँदै, बीसी र शाहीलाई सरकारमा पठाउने कांग्रेसको निर्णय

    काठमाडौं – नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा मन्त्रीका लागि दुई जनाको नाम टुंगो लगाएको छ ।

    मुख्यमन्त्री एवं संसदीय दलका नेता जीवनबहादुर शाहीले सुर्खेतका यज्ञबहादुर बीसी र दैलेखका हिमबहादुर शाहीलाई मन्त्री बनाउन लागेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

    बिसी शाही संस्थापन समूहका हुन् । उनीहर”सँगै शेखर कोइराला समूहबाट जुम्लाका दिनबन्धु श्रेष्ठ पनि दावेदार थिए । उनी माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकारमा जलस्रोत तथा उर्जा विकासमन्त्री बनेका थिए ।

    बीसी पनि शाही सकरारमा सामाजिक विकासमन्त्री थिए । अहिले मन्त्री बन्न लागेका शाही, संसदीय दलका सचेतक पनि हुन् ।

    आइतबार बेलुकासम्म मन्त्रिपरिषदलाई पूर्णता दिने मुख्यमन्त्री शाहीको तयारी छ र शाही सरकारमा माओवादी केन्द्रबाट जाजरकोटमा गाणेशप्रसाद सिंह र हुम्लाका गैरसांसद छिरिङ दमदोल लामा (कार्चेन) मन्त्री बन्ने छन् ।

    एकीकृत सामाजवादीबाट पदमबहादुर रोकायालाई मन्त्री बनाउन लागेको छ । यद्यपि, उनको नाम सिफारिस भएको छैन ।


    आइतवार, माघ २३ २०७८०३:०९:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij