Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सिसिएमसीको बैठक आज बस्दै , लकडाउनबारे समीक्षा हुने

सिसिएमसीको बैठक आज बस्दै , लकडाउनबारे समीक्षा हुने

  • आइतवार, श्रावण २५ २०७७

  • 1.2K
    SHARES

  • सिसिएमसीको बैठक आज बस्दै , लकडाउनबारे समीक्षा हुने

    काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठक आज बस्ने भएको छ। लकडाउनबारे समीक्षा गर्न आज बैठक वस्न लागेको हो ।

    कोरोना संक्रमितको अवस्था विश्लेषण गरी लकडाउन मोडालिटीको समीक्षा गर्न सिसिएमसीको बैठक बस्ने तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिनुभयो ।

    यसअघि शनिबार हिजो बैठक बस्ने भनिएपनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो। सोही बैठकलाई आइतबारका लागि सारिएको सिसिएमसीका सदस्यसचिव समेत रहेका गुरागाईंले जानकारी दिनुभयो ।

    कोरोना भाइरसको संक्रमण बढेको सरकारले यसअघि नै २ सय भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा जोरबिजोर प्रणाली लागू गरिसकेको छ। हाल जिल्ला प्रशासन कार्यालय वा स्थानीय तहले क्षेत्रगत रूपमा लकडाउन वा सिल गर्दै आएका छन्।


    आइतवार, श्रावण २५ २०७७०७:१८:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij