Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोरोनाबाट काठमाडौंमा एक जनासहित आज ३ जनाको मृत्यु, मृतकको संख्या ७३ पुग्यो

कोरोनाबाट काठमाडौंमा एक जनासहित आज ३ जनाको मृत्यु, मृतकको संख्या ७३ पुग्यो

  • शनिवार, श्रावण २४ २०७७

  • 858
    SHARES

  • कोरोनाबाट काठमाडौंमा एक जनासहित आज ३ जनाको मृत्यु, मृतकको संख्या ७३ पुग्यो

    काठमाडौं । नेपालमा कोरोनाबाट संक्रमितबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । आज ३ जना थपिएका छन् । पर्सा, मोरंग र काठमाडौंमा एक एक जनाको मृत्यु भएको हो । नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ ।

    आज ३७८ जना थपिएका छन् । शुक्रबार ४६४ जना थपिएका थिए । यस्तै विहिबार ३६० जना थपिएका थिए भने बुधबार ३८१ जना थपिएका थिए । मंगलबार २५९ जना थपिएका थिए । आज ६,२०६ जना सक्रिय संक्रमित छन् ।

    आज ७ हजार ७८८ जनाको पिसिआर परिक्षण गरिएको छ । यस्तै निको हुनेको संख्या १६ हजार ३१३ जना पुगेको छ । आज ४९९ जना निको भएका छन् । शुक्रबार ४२५ निको भएका थिए । यस्तै विहिबार २३३ जना निको भएका थिए ।

    बुधबार १३० जना निको भएका थिए । मंगलबार ६५ जना निको भएका थिए । सोमबार ३५८ जना थपिएका थिए । यस्तै आइतबार १११ जना निको भएका थिए । ७०‍ प्रतिशत निको भएका छन् ।

    यस्तै मृत्यु हुनेको संख्या ७३ पुगेको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ६ जिल्ला कोरोना मुक्त भएका छन् ।


    शनिवार, श्रावण २४ २०७७०४:४१:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij