Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिविरुद्ध विद्यार्थीहरुको प्रदर्शन

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिविरुद्ध विद्यार्थीहरुको प्रदर्शन

  • बुधवार, माघ १९ २०७८

  • 521
    SHARES

  • पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिविरुद्ध विद्यार्थीहरुको प्रदर्शन

    काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विप्लव माओवादी निकट विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् । उनीहरुले काठमाडौं त्रिचन्द्र क्याम्पसअगाडि आज टायर बालेर पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

    सरकारले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी साविकको बिक्री मूल्यमा पेट्रोल र डिजल÷मट्टीतेल प्रतिलिटर रु. ३ ले वृद्धि गरेको थियो । यसअघि २०७० साल फागुन ३० गते भएको समायोजन अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १४० रुपैयाँसम्म पुगेको थियो ।

    आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी बिक्री मूल्य ११६ रुपैयाँ तोकिएको छ । त्यस्तै अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य पनि प्रतिकिलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी एक हजार ९५ अमेरिकी डलर पु¥याइएको छ ।


    बुधवार, माघ १९ २०७८०३:२०:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij