Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोनाका ५,५८३ जना संक्रमित थपिए, ९ जनाको मृत्यु

कोरोनाका ५,५८३ जना संक्रमित थपिए, ९ जनाको मृत्यु

  • मंगलवार, माघ १८ २०७८

  • 457
    SHARES

  • कोरोनाका ५,५८३ जना संक्रमित थपिए, ९ जनाको मृत्यु

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ५ हजार ५८३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ जना र ६ हजार ८९८ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ९२६ जना गरी कुल ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    आज काठमाडौं उपत्यकामा थप १ हजार ९०७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४०४, ललितपुरमा ३०४ र भक्तपुरमा १९५ जनामा कोरोना संक्रमण देखिएको छ ।

    पछिल्लो सोहि अवधिमा ९ जनाको मृत्यु भएको छ भने ८ हजार २६७ जना संक्रमणमुक्त भएका छन् ।

    आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ८८ हजार २५१ पुगेको छ । यस्तै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ७५२ पुगेको छ भने ८ लाख ७१ हजार १६५ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभरमा ७४ हजार ६५३ सक्रिय संक्रमित छन् । यसमध्ये ७३ हजार १७८ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ४७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै २७९ जना आईसीयू र ५० जना भेन्टिलेटरमा उपचाररत् छन् ।


    मंगलवार, माघ १८ २०७८०४:५४:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij