Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गठबन्धनलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्छ : जनमोर्चा अध्यक्ष केसी

गठबन्धनलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्छ : जनमोर्चा अध्यक्ष केसी

  • बिहिवार, माघ १३ २०७८

  • 632
    SHARES

  • गठबन्धनलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्छ : जनमोर्चा अध्यक्ष केसी

    काठमाडौं । पाँच दलीय गठबन्धनलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने राष्ट्रिय जनमोर्चाले जनाएको छ ।

    जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति निकाली प्रतिगमनविरुद्ध कायम पाँच दलीय गठबन्धनलाई आगामी दिनमा पनि निरन्तरता दिनु आजको आवश्यकता रहेको उल्लेख गर्नुभएको छ ।

    राष्ट्रिय सभाको निर्वाचनमा पाँच दलीय गठबन्धनको संयुक्त प्रयासबाट एमालेका उम्मेदवार पराजित हुनुले प्रतिगमनलाई परास्त गर्न र गणतन्त्रको रक्षाको संघर्षमा सहयोग पुगेको निष्कर्ष के।सी।को छ ।

    २०६२–६३ सालका उपलब्धिलाई समाप्त गर्ने प्रयास भइरहेको भन्दै केसीले राष्ट्रिय जनमोर्चाले राजावादी शक्तिले गणतन्त्रलाई समाप्त गर्न प्रयत्न गरिरहेका र एमालेका अध्यक्ष केपी ओलीका हरेक क्रियाकलापलाई गणतन्त्र विरोधी शक्तिहरुले समर्थन गरिरहेको बताउनुभएको छ ।


    बिहिवार, माघ १३ २०७८०३:२०:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij