Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

सेना र मेयरसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि

सेना र मेयरसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि

  • शनिवार, श्रावण २४ २०७७

  • 695
    SHARES

  • सेना र मेयरसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि

    वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र प्रसाद साहसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ८ जना महिलासहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    संक्रमितमध्ये ३ जना बारा र १ जना सर्लाहीका छन् । हिजो मृत्यु भएका वीरगञ्ज–३ छपकैयाका ७४ वर्षीय वृद्ध पनि संक्रमितको सूचीमा समावेश छन् । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. मदन उपाध्यायले दिएको जानकारी अनुसार वीरगन्जस्थित चण्डी प्रसाद गणमा कार्यरत ३२ बर्षका १ जना नेपाली सेनामा पनि संक्रमण देखिएको छ ।

    डा. उपाध्यायका अनुसार बहुदरमाई नगरपालिकामा ४० वर्षीय मेयर नितेन्द्र प्रसाद साहसहित २५ जनामा संक्रमण देखिएको छ । चण्डी प्रसाद गणका ३२ वर्षीय नेपाली सेनाका जवान, बाराको कलैया–१० घर भएका नारायणी अस्पतालको ल्याबका कर्मचारी ३१ वर्षीय पुरुष, वीरगञ्ज–१० आदर्शनगर घर भएका दुगर ग्रुपका ३७ वर्षीय कर्मचारी र बाराको मनहर्वा घर भएका ४३ वर्षीय दुई जना कर्मचारीमा पनि कोरोना देखिएको छ ।

    कन्ट्याक्ट ट्रेसिङमा परेका नारायणी अस्पताल क्वाटरका ४५ वर्षीय पुरुष र वीरगञ्ज–४ विर्ताकी २२ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।


    शनिवार, श्रावण २४ २०७७०१:१४:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij