Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

६ महिनामै १० खर्बको आयात, व्यापार घाटा ८ खर्ब ८० अर्ब

६ महिनामै १० खर्बको आयात, व्यापार घाटा ८ खर्ब ८० अर्ब

  • आइतवार, माघ ९ २०७८

  • 911
    SHARES

  • ६ महिनामै १० खर्बको आयात, व्यापार घाटा ८ खर्ब ८० अर्ब

    काठमाडौं । चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो ६ महिनामै वस्तु आयातको आंकडा १० खर्ब नजिकै पुगेको छ । भन्सार विभागको तथ्यांक अनुसार साउन–पुससम्म कुल ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

    यो गत आव २०७७–७८ को यसै अवधिको तुलनामा ५१.१३ प्रतिशत धेरै हो । सो वर्ष ६ महिनामा ६ खर्ब ६१ अर्ब २४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

    सरकारले उच्च आयात नियन्त्रण गर्न पुस पहिलो साता नियन्त्रात्मक प्रावधान ल्याएको थियो । तर, आंकडामा भने त्यसको प्रभाव परेको देखिँदैन । पुस महिनामा मात्र १ खर्ब ६१ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

    ६ महिनामा निर्यात भने १ खर्ब १८ अर्ब रुपैयाँ बराबरको भएको छ । निर्यातको वृद्धिदर ९५.४८ प्रतिशत छ । अघिल्लो आवको ६ महिनामा वस्तु निर्यात ६० अर्ब ७९ करोड रुपैयाँ बराबरको थियो ।

    बढ्दो आयात र कमजोर निर्यातका कारण व्यापार घाटा चुलिएको छ । आंकडा अनुसार ६ महिनामा नेपालको वैदेशिक व्यापार घाटा ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । यो गत आवको यसै अवधिको तुलनामा ४६।६४ प्रतिशत धेरै हो ।

    वैदेशिक व्यापारको आकार ११ खर्ब माथि

    भन्सार विभागको तथ्यांक अनुसार चालु आवको पहिलो ६ महिनामै वैदेशिक व्यापारको आकार भने ११ खर्ब नाघिसकेको छ ।

    यस अवधिमा कुल ११ खर्ब १८ अर्ब १८ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो गत आवको यसै अवधिको तुलनामा ५४।८६ प्रतिशत बढी हो । गत आवमा वैदेशिक व्यापारको आकार ७२ अर्ब २० करोड रुपैयाँ रहेको थियो ।

    ६ महिनाको आंकडा हेर्दा पेट्रोलियम पदार्थको आयात मात्र १ खर्ब ५३ अर्ब रुपैयाँको भइसकेको छ । फलाम तथा स्टीलको आयात ८४ अर्ब ९३ करोड रुपैयाँको भइसकेको छ । वनस्तति तेल तथा घिउजन्य वस्तुको आयात ७८ अर्ब ९ करोड र निर्यात ६८ अर्ब ६७ करोड रुपैयाँ बराबरको भएको छ ।


    आइतवार, माघ ९ २०७८०३:२८:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij