Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमसीसीबारे सुझाव दिन माओवादीद्धारा कार्यदल गठन

एमसीसीबारे सुझाव दिन माओवादीद्धारा कार्यदल गठन

  • शनिवार, माघ ८ २०७८

  • 683
    SHARES

  • एमसीसीबारे सुझाव दिन माओवादीद्धारा कार्यदल गठन

    काठमाडौं । नेकपा (माओवादी) केन्द्रले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे सुझाव दिन कार्यदल गठन गरेको छ ।

    पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकमा एमसीसीबारे चर्को आवाज उठेपछि कार्यदल गठन गरिएको नेता कृष्णबहादुर महराले जानकारी दिए । सोही कार्यदलको सुझावका आधारमा परिमार्जनसहित अगाडि बढ्ने कुरामा छलफल हुने उनले बताए ।

    ‘एमसीसीको कुरा अलि चर्को ढंगले उठेको छ । त्यसमा हाम्रो पार्टीले एउटा कार्यदल बनाएको छ’ उनले भने, ‘त्यसको सुझाव लिएर आवश्यक परिमार्जन संशोधन गरेर अगाडि बढ्न सुझाव दिने । त्यो कार्यदलको सुभाव पर्खिने निर्णय भएको छ ।’

    साथै शनिबार पेरिसडाँडामा बसेको बैठकमा तीन तहकै चुनाव सकेसम्म कम खर्चमा एकैपटक कसरी गर्न सकिन्छ भनेर छलफलसमेत भएको पूर्वसभामुखसमेत रहेका नेता महराले बताए ।

    बैठकले कोरोना महामारी कम नभएसम्म जनपरिचालनका कामहरूको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको छ । बैठकले बाँकी रहेका संगठनात्क कामहरू टुंग्याउने जिम्मा पनि पार्टी अध्यक्ष प्रचण्डलाई दिने निर्णय गरेको हो ।


    शनिवार, माघ ८ २०७८०१:१८:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij