Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काेराेना भाइरस: संक्रमितकाे संख्या २२ हजार नाघ्याे, आज थप चार सय ६४ जनामा संक्रमण पुष्टि

काेराेना भाइरस: संक्रमितकाे संख्या २२ हजार नाघ्याे, आज थप चार सय ६४ जनामा संक्रमण पुष्टि

  • शुक्रवार, श्रावण २३ २०७७

  • 911
    SHARES

  • काेराेना भाइरस: संक्रमितकाे संख्या २२ हजार नाघ्याे, आज थप चार सय ६४ जनामा संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ६४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेकाे छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा ४ सय २५ जना डिस्चार्ज भएकाे बताए। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुकाे संख्या १५ हजार ८ सय १४ पुगेकाे छ।

    पछिल्लो २४ घण्टामा ७ हजार ९ सय २६ जनाको पीसीआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

    हाल देशभर १० हजार २ सय ७ क्वारेन्टिनमा रहेका छन्। देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ३० रहेकाे छ।


    शुक्रवार, श्रावण २३ २०७७०४:३७:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij