Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देशभर एकैदिन थप ५ हजार ८७ जनामा कोरोना संक्रमण

देशभर एकैदिन थप ५ हजार ८७ जनामा कोरोना संक्रमण

  • शुक्रवार, पौष ३० २०७८

  • 919
    SHARES

  • देशभर एकैदिन थप ५ हजार ८७ जनामा कोरोना संक्रमण

    काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८७ जना कोरोना संक्रमित थपिएका छन् । धेरै समयपछि एकैदिन ५ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार आज पिसिआर परीक्षणबाट ४ हजार २०४ र एन्टिजेन परीक्षणबाट ८८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा २० हजार ५६० जनामा कोरोना परीक्षण गरिएको थियो । देशभर १८ हजार २ सय ३५ जना कोरोनाका सक्रिय संक्रमित छन् । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ३ जनाले ज्यान गुमाएका छन् ।

    यस्तै ३०६ जना संक्रमणबाट मुक्त भएका छन् । काठमाडौं उपत्यकामा २६०७ संक्रमित थपिएका छन् । काठमाडौंमा १९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ संक्रमित थपिएका छन् ।


    शुक्रवार, पौष ३० २०७८०४:४८:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij