Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आज एकैदिन थपिए ३५५३ जना कोरोना संक्रमित

आज एकैदिन थपिए ३५५३ जना कोरोना संक्रमित

  • बिहिवार, पौष २९ २०७८

  • 488
    SHARES

  • आज एकैदिन थपिए ३५५३ जना कोरोना संक्रमित

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३५५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २७१ जना निको हुँदा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनामा कोरोना परीक्षण गरिएको थियो ।

    यससँगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४१ हजार २९७ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा ९९ हजार २२५ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ८ लाख १५ हजार ३४७ जना निको भएका छन् भने मृतकको कुल संख्या ११ हजार ६१० पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमित १४ हजार ३४० जना रहेका छन् ।


    बिहिवार, पौष २९ २०७८०४:३८:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij