काठमाडौं – नेकपा एमालेको प्रदेश अधिवेशन सरेको छ । एमालेले आगामी माघ ८ गते सबै प्रदेशमा एकै दिन प्रदेश अधिवेशन गर्ने तयारी गरेको थियो ।
तर, निरन्तर बढ्दै गएको कोभिड–१९ संक्रमणलाई मध्यनजर गरेर प्रदेश अधिवेशन सारिएको एमाले केन्द्रीय कार्यालय सचिव डा। भीष्म अधिकारीले बताए ।
अब एमालेको प्रदेश अधिवेशन माघको २८ र २९ गते आयोजना हुने भएको छ । सबै प्रदेशमा अधिवेशन सरेको सूचना पठाइसकिएको उनले बताए ।
सरकारले कोभिड–१९ को संक्रमण नियन्त्रणको लागि २५ जनाभन्दा बढी भेला नहुन दिएको निर्देशनको असर एमालेको प्रदेश अधिवेशनलाई परेको छ ।
त्यसैगरी, एमालेले जिल्ला अधिवेशन आयोजना हुन नसकेका जिल्लामा माघ २२ गतेभित्रमा अधिवेशन गरिसक्न भनेको छ ।