Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

भोलिबाट विद्यालय बन्द हुदैँ, विश्वविद्यालयका परीक्षा भने नरोकिने

भोलिबाट विद्यालय बन्द हुदैँ, विश्वविद्यालयका परीक्षा भने नरोकिने

  • सोमवार, पौष २६ २०७८

  • 647
    SHARES

  • भोलिबाट विद्यालय बन्द हुदैँ, विश्वविद्यालयका परीक्षा भने नरोकिने

    काठमाडौँ । कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिरहेको भन्दै शिक्षा मन्त्रालयले भोलिबाट माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णष गरेको छ ।

    मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले आज एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ को संक्रमण तीव्ररूपमा फैलिनका साथै ओमिक्रोन भेरियन्टको संक्रमणको समेत पुष्टि भएका कारण विद्यार्थीको स्वास्थ्य, सुरक्षा तथा वचावटको विषयलाई विशेष ध्यान दिदै देशभरका सबै आधारभुत तथा माध्यमिक विद्यालयहरूमा वार्षिक विदामा मिलान हुने गरी यही २०७८ पौष २७ गते देखि २०७८ माघ १५ गतेसम्म विदा दिने निर्णय भएको जानकारी दिनुभएको छ ।

    विदाको उक्त अवधिमा १२ वर्ष देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई सबै स्थानीय तहमा रहेको स्वास्थ्य चौकी मार्फत् खोप लगाउने कार्यक्रम रहेकोले विद्यालयसँग सम्पर्क गरी तोकिएको दिनमा खोपलगाउने कार्यमा आफ्ना बालबालिकाहरूलाई पठाउन मन्त्रालयले अभिभावकहरूमा अनुरोध गरेको छ ।

    विदाको अवधिमा विद्यालयहरूले सिकाई सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरण गर्ने प्रवन्ध मिलाउन तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरूले पूर्व निर्धारित सेमेष्टर र वार्षिक परीक्षाका कार्यक्रमहरू जनस्वास्थ्य र सुरक्षाका मापदण्डहरू पूर्ण रूपमा पालना हुनेगरी जेड आकारमा वसाइ व्यवस्था गरी सञ्चालन गर्ने गरी प्रवन्ध गर्न समेत मन्त्रालयले निर्देशन दिएको छ ।

    education notice.jpg


    सोमवार, पौष २६ २०७८०३:३१:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij