काठमाडौं । नेपालमा बिहीबार थप ३६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार झापाका ८, मोरङका २४, सुनसरीका १९, इलामका १५, धनुषाका २४, महोत्तरीका ३, सर्लाहीका २, सिराहाका २, पर्साका ४२, रौतहटका २, रामेछापका १, उदयपुरका १, बाजुराका ३, गोर्खाका ४, काठमाडौँका ७६, कपिलवस्तुका ३२, सर्लाहीका ७, कञ्चनपुरका २, भक्तपुरका १, भोजपुरका २, दोलखाका १ र ललितपुरका १० जनामा कोरोना पुष्टि भएकाे हो।
यस्तै नुवाकोटका १, चितवनका १, बाराका १४, मकवानपुरका ४, काभ्रेका ३, गोर्खाका २, कास्कीका १, पर्वतका १, दाङका ३, प्युठानका ५, रुपन्देहीका ४, दैलेखका १, सुर्खेतका १, जुम्लाका १, मुगुका १, बैतडीका १, डोटीका २, अछामका ७, बझाङका ३ तथा कैलालीका २१ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोरोना भाइरसको संक्रमण निको भएर थप २३३ जना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १५ हजार ३८९ पुगेको छ।