Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

स्वास्थ्य मन्त्रालय : काठमाडौंमा संक्रमणको दर बढ्यो, सभा, गोष्ठी, जमघट तुरुन्त बन्द गर्नु

स्वास्थ्य मन्त्रालय : काठमाडौंमा संक्रमणको दर बढ्यो, सभा, गोष्ठी, जमघट तुरुन्त बन्द गर्नु

  • बिहिवार, श्रावण २२ २०७७

  • 532
    SHARES

  • स्वास्थ्य मन्त्रालय : काठमाडौंमा संक्रमणको दर बढ्यो, सभा, गोष्ठी, जमघट तुरुन्त बन्द गर्नु

    काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका सरकारी तथा गैरसरकारी कार्यालयहरूमा हुने गोष्ठी, बैठक, सेमिनार तथा अन्य जमघट तत्काल बन्द गर्न निर्देशन दिएको छ।

    उपत्यकामा कोरोना भाइरसको संक्रमण दर बढेको भन्दै मन्त्रालयले कुनै पनि गोष्ठी, बैठक, सेमिनार तथा अन्य जमघट नगर्न निर्देशन दिएको हो। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले त्यस्ता कार्यक्रम तथा बैठक आयोजना गर्न परे ‘भर्चुअल’ माध्यमबाट गर्न आग्रह गरे।

    ‘‘काठमाडौंमा कोरोनाको संक्रमण दर बढेकाले अप्ठ्यारो परिस्थिति सिर्जना भएको छ,’’ मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा उनले भने, ‘‘त्यसैले सरकारी तथा निजी कार्यालयहरूमा गोष्ठी, बैठक, सेमिनार तथा अन्य जमघट तत्काल बन्द गर्न निर्देशन जारी गरिएको छ।’’


    बिहिवार, श्रावण २२ २०७७०४:५८:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij