काठमाडौं । प्रहरी प्रधान कार्यालयका थप १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कार्यालयमा कोरोना संक्रमित प्रहरीको संख्या ८५ पुगेको छ ।
हिजो साँझ १० जना थपिएसँगै कोरोना संक्रमित प्रहरीको संख्या ८५ पुगेको प्रहरी प्रवक्ता एसएसपी कुवेरसिंह कडायतले जानकारी दिनुभयो ।
संक्रमित प्रहरीको उपचार जारी रहेको उहाँले बताउनुभयो ।
यसबाहेक संक्रमितको सम्पर्कमा आएकाहरुको ट्रेसिङ, क्वारेन्टाइनमा राख्नेलगायत काम भइरहेको प्रवक्ता कडायतले बताउनुभयो । यस्तै प्रहरी प्रधान कार्यालयमा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ ।