Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमण बढेपछि प्रचण्डद्धारा भेटघाटमा रोक

कोरोना संक्रमण बढेपछि प्रचण्डद्धारा भेटघाटमा रोक

  • बिहिवार, पौष २२ २०७८

  • 950
    SHARES

  • कोरोना संक्रमण बढेपछि प्रचण्डद्धारा भेटघाटमा रोक

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालका लागि भेटघाट रोकेका छन्।

    उनको सचिवालयले दिएको जानकारीअनुसार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ।

    प्रचण्डले कोरोना संक्रमण बढेको भन्दै व्यक्तिगत भेटघाटलाई रोकेका छन्। पार्टी कार्यालयमा कार्यरत तीन जना कर्मचारीलाई कोरोना देखिएको छ।

    साथै प्रचण्डले खुमलटारस्थित घरमा पनि भेटघाट बन्द गर्ने भएका छन्। आठौं महाधिवेशनबाट प्रचण्ड फेरि अध्यक्ष भएपछि बधाई तथा शुभकामना दिनेहरू खुमलटार जाने क्रम बढेको थियो।

    कोरोना संक्रमण जोखिम हुने भएकोले भौतिक रूपमा भेटघाट बन्द गरिएको प्रचण्डको सचिवालयले जनाएको छ।

    ‘राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमीका कारण काठमाडौं लगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरुको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिन यतादेखि भौतिक रूपमा भेटेरै भइरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउँदछौं,ु प्रचण्डको सचिवालयले भनेको छ।

    साथै भिडभाड नगर्न र सचेतना अपनाउन पनि प्रचण्डको सचिवालयले सबैमा अनुरोध गरेको छ।

    ुहामीले पार्टीको नियमित प्रक्रियामार्फत् हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामार्फत व्यवस्थित गर्न कोसिस गर्नेछौं। कतिपय संवाद, भेटघाट, बैठकलाई प्रविधिको प्रयोगमार्फत् सहजिकरण गर्नेछौं,’ सचिवालयले भनेको छ।


    बिहिवार, पौष २२ २०७८०३:३४:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij