Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री देउवा तीन दिने भ्रमणका लागी अर्को साता भारत जाने

प्रधानमन्त्री देउवा तीन दिने भ्रमणका लागी अर्को साता भारत जाने

  • मंगलवार, पौष २० २०७८

  • 674
    SHARES

  • प्रधानमन्त्री देउवा तीन दिने भ्रमणका लागी अर्को साता भारत जाने

    काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अर्को साता भारत जाने भएका छन्। प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो।

    प्रधानमन्त्री देउवा पुस २६ गते भारत भ्रमणमा जाने तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। प्रधानमन्त्री देउवा तीन दिने भ्रमणका लागि भारत जान लागेको स्रोतको भनाइ छ।

    प्रधानमन्त्री देउवालाई गुजरात भाइब्रेन्टु कार्यक्रममा सहभागी हुन निम्तो आएको थियो। प्रधानमन्त्री देउवाले भारतमा रहँदा समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तयारी पनि छ।

    द्विपक्षीय हितबारे प्रधानमन्त्री देउवा र मोदीबीच कुराकानी हुने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा को–को रहनेलगायत भ्रमणका तयारी परराष्ट्रले थालिसकेको छ।

    गुजरातमा जनवरी १० देखि १२ सम्म भाइब्रेन्ट गुजरात ग्लोबल समिट हुँदैछ। गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रान्त हो। २०१४ मा भारतीय प्रधानमन्त्री हुनुअघि उनी गुजरातका मुख्यमन्त्री थिए।

    सन् २००३ देखि सुरू भएको भाइब्रेन्ट गुजरात ग्लोबल समिट दुईदुई वर्षमा हुने गरेको छ।

    भाइब्रेन्ट गुजरातमा विभिन्न देशका राष्ट्र र सरकार प्रमुख, मन्त्रीहरू, विभिन्न कम्पनीका सिइओहरू सहभागी हुन्छन्। समिटको उद्घाटन भारतीय प्रधानमन्त्री मोदीले गर्ने कार्यक्रम छ।

    गत असारमा पाँचौं पटक प्रधानमन्त्री भएका देउवाले भारतको औपचारिक भ्रमण गरेका छैनन्।

    यसपालि प्रधानमन्त्री भएपछि देउवा पहिलो विदेश भ्रमणका रूपमा कोप(२६ मा सहभागी हुन बेलायत गएका थिए।


    मंगलवार, पौष २० २०७८०४:५४:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij