काठमाडौं । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार राति आएको पीसीआर परीक्षण रिपोर्टमा मन्त्री यादवमा कोरोना पोजेटिभ देखिएको हो ।
उहाँसँगै उहाँका चालक, व्यक्तिगत सुरक्षा गार्ड, अंगरक्षक र एकजना सशस्त्र प्रहरीका जवानमा कोरोना संक्रमण पुष्टि भएको मन्त्री निकट स्रोतले बतायो ।
मन्त्री यादव हालै काठमाडौंबाट फर्किनुभएको थियो । काठमाडौंमा मन्त्री यादवले प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव, प्रहरी महानिरीक्षकलगायतसँग भेटवार्ता गर्नुभएको थियो ।