Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

माओवादी महाधिवेशनमा अध्यक्ष प्रचण्डद्वारा जवाफ दिन सुरू

माओवादी महाधिवेशनमा अध्यक्ष प्रचण्डद्वारा जवाफ दिन सुरू

  • शुक्रवार, पौष १६ २०७८

  • 522
    SHARES

  • माओवादी महाधिवेशनमा अध्यक्ष प्रचण्डद्वारा जवाफ दिन सुरू

    काठमाडौं, पुस १६

    काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिन सुरु गरेका छन्।

    बन्दसत्रमा विभिन्न २५ वटा समूहले राखेका सुझावमाथि प्रचण्डले शुक्रबार दिउँसोबाट जवाफ दिन सुरू गरेका हुन्।

    प्रचण्डको जवाफ सकिएपछि महाधिवेशन नेतृत्व चयन प्रक्रियामा अघि बढ्नेछ।

    प्रचण्डले सोमबार ४५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका थिए। जसमा छलफलका लागि २५ वटा समूह बनाइएको थियो।

    पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट प्रस्तुत ‘२१ औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदामाथि भएका समूहगत छलफलका निष्कर्षहरु प्रस्तुति बिहीबार भएका थिए।

    त्यस्तै प्रचण्डको प्रतिवेदनमा हरिबोल गजुरले, लेखनाथ न्यौपाने र राम कार्कीले पुरक दस्तावेज र फरक मत राखेका थिए।

    तीन नेताहरुको पुरक दस्तावेजमा पनि प्रचण्डले जवाफ दिँदैछन्। उनको जवाफमा चित्त नबुझेमा ती नेताहरुले फरक मत नै पेश गर्ने तयारीमा छन्।

    पूर्वनिर्धारित कार्यक्रमअनुसार आजसम्म महाधिवेशनको सबै कार्यक्रम सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि समूहगत छलफलको निष्कर्ष सुनाउन दुई दिनको समय लागेको तथा नेतृत्व चयन प्रक्रिया अझै बाँकी रहेकाले महाविधेशनको कार्यसूची लम्बिन पुगेको हो।

    शुक्रबार निर्वाचनको कार्यक्रम सम्पन्न नभए शनिबारसम्म सम्मेलन जारी रहन सक्ने बताइएको छ।

    पार्टी निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले विधान मस्यौदा पारित भएपछि निर्वाचनको सबै कार्यक्रम अगाडि बढाइने जानकारी दिए।


    शुक्रवार, पौष १६ २०७८०२:१८:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij