Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

राप्रपा र विकेकशील साझा पार्टीबीच होला त एकता ? के भयो छलफल

राप्रपा र विकेकशील साझा पार्टीबीच होला त एकता ? के भयो छलफल

  • शुक्रवार, पौष १६ २०७८

  • 1.3K
    SHARES

  • राप्रपा र विकेकशील साझा  पार्टीबीच होला त एकता ? के भयो छलफल

    काठमाडौं – राजेन्द्र लिङ्देन, महामन्त्री धवलशमशेर राणा र विकेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच पार्टी एकताको विषयमा छलफल भएको छ।

    शुक्रबार मिश्रको निवास पुगेका लिङ्देन र राणाले मिश्रसँग पार्टी एकताबारे कुराकानी गरेका हुन्। समान विचार भएका पार्टीहरूबीच एकता गर्नका लागि राप्रपाले राणाको नेतृत्वमा समिति गठन गरेको छ। त्यसले विभिन्न पार्टीहरूसँग एकताका लागि वार्ता गरिरहेको छ।

    सोही क्रममा मिश्रसँग भेटघाट गरी छलफल अगाडि बढाइएको राणाले बताए। राप्रपामा थुप्रै वरिष्ठ नेताहरू रहेका कारण मिश्रलाई सम्मानजनक तरिकाले कसरी समेट्ने भन्ने विषय रहेको राणाले बताए।

    राप्रपा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राजनीति गरिरहेको छ। पछिल्लो समय मिश्र राजसंस्थाप्रति उदार देखिँदै आएका छन्। उनले संघीयताको विरोध गर्दै आएका छन्।

    एकता महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएपछि लिङ्देनले राप्रपाको पहिलो बैठकमै समान विचार भएका शक्तिहरूसँग एकता गर्न राणाको संयोजकत्वमा वार्ता समिति गठन गरेका थिए।

    पछिल्लो समय मिश्रले संघीयता खारेज गर्नु पर्ने र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। उनको त्यही प्रस्तावले विवेकशील साझा पार्टीमा चरम विवाद उत्पन्न भएको छ।

    संयोजक मिलन पाण्डेलाई मिश्र पक्षले पार्टीको साधारण सदस्यबाट निकालेको छ भने बागमती प्रदेशकी संयोजक रञ्जु दर्शनाले विवेकशील साझा छोडेकी छन्।


    शुक्रवार, पौष १६ २०७८०१:३३:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij