Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोरोना खोपको अतिरिक्त मात्रा दिने सरकारको तयारी, यि हुन खोप पाउने लक्षीत समुह

कोरोना खोपको अतिरिक्त मात्रा दिने सरकारको तयारी, यि हुन खोप पाउने लक्षीत समुह

  • बिहिवार, पौष १५ २०७८

  • 798
    SHARES

  • कोरोना खोपको अतिरिक्त मात्रा दिने सरकारको तयारी, यि हुन खोप पाउने लक्षीत समुह

    काठमाडौं – सरकारले आफ्ना नागरिकालाई कोरोना खोपको अतिरिक्त मात्रा दिने निर्णय गरेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डाक्टर संगीता मिश्राले आवश्यकताका हिसाबले मानिसहरूलाई अतिरिक्त खोप दिन लागिएको जानकारी दिइन्।
    प्रवक्ता मिश्राले अतिरिक्त खोप कहिलेबाट दिने भनेर थप निर्णय हुन बाँकी रहेको भन्दै सो कुरा खोप सल्लाहकार समितिले निर्णय गर्ने बताइन्।

    अहिले खोप सल्लाहकार समिति सोबारे टुंगो गर्न छलफलमा जुटेको छ। यद्यपि क–कसले खोपको अतिरिक्त मात्रा पाउने भन्ने कुरा मन्त्रालयले टुंगो गरेको छ।
    प्रवक्ता मिश्राका अनुसार रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरूलाई अतिरिक्त मात्रा दिन लागिएको छ। जसमा क्यान्सर रोगी, अंग प्रत्यारोपण गर्नेहरू र एचआइभीका बिरामी रहेका छन्।

    योसँगै चिनियाँ कम्पनीले उत्पादन गरेको भेरोसेलु खोप लगाएका ६० वर्ष माथिका वृद्धवृद्धालाई पनि अतिरिक्त मात्रा दिने भनिएको छ। तर अतिरिक्त मात्रा दिनलाई कम्तीमा खोप लगाएको तीन महिना पूरा भएको हुनुपर्ने छ। साथै अतिरिक्त मात्रा दिँदा अघिल्लोपटक लगाएकै खोप दिइने मिश्रा बताउँछिन्।

    सरकारले अतिरिक्त मात्रा दिने निर्णय गर्दा कतिपयले यसलाई बुस्टर डोजको रूपमा पनि हेरेका छन्। तर मन्त्रालयकी प्रवक्ता मिश्राका अनुसार बुस्टर डोज र अतिरिक्त मात्र छुट्टाछुट्टै विषय हो । अतिरिक्त मात्रा सबैलाई नदिने तर बुस्टर डोज भनेको सबैलाई दिने उनको भनाई छ । त्यसैले अहिलेलाई अतिरिक्त मात्रा दिने निर्णय भएको उनले बताईन् ।

    गत पुस ६ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले विश्व स्वास्थ्य संगठनले अनुमति दिएमा पुस अन्तिमदेखि नागरिकलाई बुस्टर डोज दिन सुरू गरिने जनाएका थिए। तर त्यसबारे थप जानकारी मन्त्रालयले दिएको छैन।


    बिहिवार, पौष १५ २०७८०२:०३:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij