Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

थप २६४ जनामा कोरोना संक्रमण, २६० जना निको

थप २६४ जनामा कोरोना संक्रमण, २६० जना निको

  • मंगलवार, पौष १३ २०७८

  • 510
    SHARES

  • थप २६४ जनामा कोरोना संक्रमण, २६० जना निको

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २६४ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

    ८ हजार ५३६ जनाको पीसीआर परीक्षण गर्दा २४१ जना र ४ हजार ३० जनाको एन्टीजेन परीक्षण गर्दा २३ जना गरी २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।

    यस्तै पछिल्लो सोहि अवधिमा २ जनाको मृत्यु भएको छ भने २६० जना संक्रमणमुक्त भएका छन् ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २३ हजार ९३७ पुगेको छ । ती मध्ये ११ हजार ५८८ जनाको मृत्यु भएको छ भने ८ लाख ११ हजार २६५ जना संक्रमणमुक्त भएका छन् ।
    मन्त्रालयका अनुसार हाल देशभर ४ हजार ९१० जना सक्रिय संक्रमितक रहेका छन् । जसमध्ये ४ हजार ६६५ जना होम आइसोलेसनमा रहेका छन् भने २४५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यसमध्ये ८४ जना आईसीयू र २२ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

     


    मंगलवार, पौष १३ २०७८०५:३६:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij