Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

थप २१९ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

थप २१९ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

  • आइतवार, पौष ११ २०७८

  • 357
    SHARES

  • थप २१९ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २१९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ ।

    देशभरमा एन्टिजिन र पीसीआर विधिबाट गरी ९ हजार ६७७ नमुना परीक्षण गर्दा २१९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    यस्तै २८३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । यससँगै हाल सक्रिय संक्रमितको संख्या ४ हजार ९०६ कायम भएको छ ।

    पछिल्ला २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५८५ जना पुगेको मन्त्रालयले जनाएको छ ।


    आइतवार, पौष ११ २०७८०४:२०:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij