Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

७१ अंकले बढ्यो नेप्से, कारोबार रकम पनि उत्साहजनक

७१ अंकले बढ्यो नेप्से, कारोबार रकम पनि उत्साहजनक

  • आइतवार, पौष ११ २०७८

  • 1.3K
    SHARES

  • ७१ अंकले बढ्यो नेप्से, कारोबार रकम पनि उत्साहजनक

    काठमाडौँ । साताको पहिलो कारोबार दिन आज सेयर बजार उच्च अंकले बढेको छ । आज पुँजीबजार मापक परिसूचक ’नेप्से’ ७१ दशमलव २० अंकले बढेर २ हजार ५ सय ९१ दशमलव ४२ विन्दुमा उक्लिएको छ ।

    गत साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से १२ दशमलव ५३ अंकले बढेर २ हजार ५ सय २० दशमलव २३ अंकमा पुगेको थियो ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज कारोबार रकम पनि बढेको छ । साताको पहिलो कारोबार दिन आज ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आज कूल २३१ वटा कम्पनीका ८६ लाख एक हजार ९६५ कित्ता सेयर किनबेच भएका छन् ।

    यसैगरी ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि आज ५ दशमलव ३८ अंकले बढेर ४ सय ८२ दशमलव ७४ विन्दुमा उक्लिएको छ । आज १५ कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ ।

    यस्तै १४ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको नेप्सेले जानकारी दिएको छ । आज कारोबारमा आएका १३ मध्ये दुई उपसमूहको सेयर मूल्य घटेको छ भने बाँकी उपसमूहको सेयर मूल्य बढेको छ । आज जलविद्युत् र फाइनान्स उपसमूहका कम्पनीहरुको सेयर मूल्य घटेको छ ।


    आइतवार, पौष ११ २०७८०३:५९:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij