Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपालमा थप एक जनामा ओमिक्रोन पुष्टि, २२ जनामा डेल्टा देखियो

नेपालमा थप एक जनामा ओमिक्रोन पुष्टि, २२ जनामा डेल्टा देखियो

  • बुधवार, पौष ७ २०७८

  • 769
    SHARES

  • नेपालमा थप एक जनामा ओमिक्रोन पुष्टि, २२ जनामा डेल्टा देखियो

    काठमाडौँ । नेपालमा थप एक जनामा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । आजको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता कौशल मिश्राले थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । ९८ वर्षीय वृद्धमा ओमिक्रोन देखिएको र उनी स्वास्थ्य मन्त्रालयको निगरानीमा होम आइसोलेशनमा रहेको उहाले जानकारी दिनुभएको छ । उनको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ भइरहेको पनि प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।

    यसअघि दुईजनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो । दुवैजना संक्रमणमुक्त भइसकेका छन् । त्यस्तै २२ जनामा डेल्टा भेरियन्टको पुष्टि भएको उहाको भनाइ छ ।

    उहाका अनुसार हालसम्म ५५ लाख बढी नमुना परीक्षण भइसकेको छ भने ९ लाख २२ हजार ४ सय ३३ जना संक्रमित भएका छन् । संक्रमितम्धये ८ लाख ९ हजार ६५९ जना निको भएका छन् भने ११ हजार ५९९ जनाको मृत्यु भएको छ ।

    यसैबीच पछिल्लो २४ घण्टामा २३६ जनामा कोराना संक्रमण पुष्टि भएको छ । यस्तै २७२ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।


    बुधवार, पौष ७ २०७८०५:०९:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij