Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमालेको विरोधबीच संसदबाट चार अध्यादेश स्वीकृत

एमालेको विरोधबीच संसदबाट चार अध्यादेश स्वीकृत

अर्को बैठक १८ गतेसम्मका लागि स्थगित
  • बुधवार, पौष ७ २०७८

  • 1.0K
    SHARES

  • एमालेको विरोधबीच संसदबाट चार अध्यादेश स्वीकृत

    काठमाडौँ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल एमाले सांसदको नाराबाजीबीच विभिन्न चार अध्यादेश स्वीकृत भएका छन् ।

    प्रतिनिधिसभाको बुधबार (आज)को बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गृहमन्त्रीका तर्फबाट पेस गरेको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपेरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ लाई स्वीकृत गरियोस् भनि गरेको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो ।

    यस्तै गृहमन्त्रीकै तर्फबाट कार्कीले प्रस्तुत गरेको ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ तथा ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश पनि बहुमतले स्वीकृत भएको छ ।

    यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले प्रस्तुत गरेको ‘रेल्वे अध्यादेश, २०७८ पनि बहुमतले स्वीकृत भएको छ ।

    चार अध्यादेश स्वीकृत गरेर संसदको बैठक पुष १८ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।

    अघिल्ला बैठकहरुमा जस्तै आजपनि प्रमुख प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए ।
    सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको कामकारबाही अघि बढाउन आग्रह गर्नुभएको थियो । तर, पनि एमाले सांसदले नारावाजी गरिरहे ।

    नेकपा (एमाले) ले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै संसदमा अवरोध गर्दै आएको छ ।


    बुधवार, पौष ७ २०७८०२:२०:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij